रुसको समर्थनमा टिप्पणी गरेपछि जर्मनीका जलसेना प्रमुख कायद्वारा पदबाट राजीनामा

९ माघ २०७८ जर्मनी । जर्मनीको जलसेनाका प्रमुख काय एचिम स्चोन्बाचले पदबाट राजीनामा दिनुभएको छ ।
उहाँले युक्रेनमा रुसले सैन्य हस्तक्षेपको योजना बनाएको भन्नु अनावश्यक गफ रहेको प्रतिक्रिया दिनुभएको थियो । उहाँले यो प्रतिक्रियाको आलोचना भएपछि पदबाट राजीनामा दिनुभएको बीबीसीले लेखेको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सम्मान चाहेको र रुसले युक्रेनमाथि आक्रमण गर्नु अनावश्यक गफ मात्रै रहेको कायको भनाइ थियो ।
अमेरिका र बेलायतसहितका देशले युक्रेनलाई हतियार सहयोग गरेका छन् । तर, जर्मनीले भने युक्रेनको आग्रहलाई अस्वीकार गरेको छ ।
रुसले युक्रेनसँगको सीमा क्षेत्रमा करिब एक लाख सैनिक तैनाथ गरेको छ।अमेरिकासहितका देशले यसलाई युक्रेनमाथि रुसी आक्रमणको तयारी भनेका छन् । तर, रुसले भने युक्रेनमाथि आक्रमणको योजना नरहेको दाबी गर्दै आएको छ ।
प्रतिक्रिया