विदेश
फ्रान्सबाट बेलायत जाँदै गरेको आप्रवासी सवार डुङ्गा डुब्दा ३१ जनाको मृत्यु
२०७८ मंसिर ९ गते ७:३३

९ मंसिर २०७८ पेरिस । फ्रान्सबाट बेलायत जाँदै गरेका आप्रवासी चढेको डुङ्गा क्यालेसको उत्तर तट नजिकैको इंग्लिस च्यानलमा डुब्दा ३१ जनाको मृत्यु भएको छ ।
मृतकमध्ये पाँच महिला र एक बालक समेत रहेको बताइएको छ । दुई जनाको उद्धार गरिएको छ फ्रान्सेली अधिकारीहरुले बताएका छन् ।
फ्रान्स र बेलायतले हवाई र समुद्री मार्गबाट जिवितको उद्धार प्रयास गरिरहेको बताएका छन् । संयुक्त राष्ट्रसंघको आप्रवासन एजेन्सीले सन् २०१४ मा तथ्यांक संकलन गर्न थालेदेखि यो च्यानलमा यो सबैभन्दा ठूलो दुर्घटना हो ।
यो वर्षमा मात्र उक्त च्यानलबाट २५ हजार भन्दा बढी आप्रवासीले साना डुंगाबाट इंग्लिस च्यानल पार गरिसकेका छन् ।
प्रतिक्रिया