विदेश
कोरोना महामारीबीच साउदीको मक्कामा हजारौं भेला
२०७८ साउन ५ गते ८:३८

५ साउन २०७८ साउदी अरेविया । कोरोना महामारीकाबीच हजारौं मुस्लिम तीर्थयात्री हजका लागि साउदी अरबको मक्कामा भेला भएका छन् ।
इस्लाम धर्मावलम्बीका लागि सबैभन्दा पवित्र स्थल मानिने मक्कामा उनीहरु हजका लागि भेला भएका हुन् । यस वर्ष झण्डै १० हजार तीर्थयात्री मक्का पुगेका छन् ।
उनीहरु मास्क तथा भौतिक दूरी कायम गरी उत्सवमा सहभागी भएको अन्तराष्ट्रिय सञ्चार माध्यले उल्लेख गरेका छन् ।
गत वर्ष हज मनाउन विश्वभरबाट झण्डै २५ लाख मुस्लिम धर्मावलम्बी मक्का पुगेका थिए ।
साउदी सरकारले यस पटक कोरोनाविरुद्धको खोप लगाएका ६० हजार नागरिकलाई यात्राको अनुमति दिएको थियो ।
प्रतिक्रिया