विदेश

गरिब देशहरुमा कोरोनाविरुद्धको खोप अभाव हुँदैः डब्ल्युएचओ

हिमालय टिभी
२०७८ असार ८ गते ८:०९
गरिब देशहरुमा कोरोनाविरुद्धको खोप अभाव हुँदैः डब्ल्युएचओ

८ असार २०७८ काठमाडौं । गरिब देशहरुमा कोरोना भाइरसविरुद्धको खोपको अभाव हुँदै गइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

विश्वव्यापी साझेदारी योजनामार्फत गरिब देशका लागि खोप उपलब्ध गराइने अहिलेका कार्यक्रम पर्याप्त नभएको डब्लुएचओको भनाइ छ ।

खोपको समान पहुँच सुनिश्चितका लागि शुरु कोभ्याक्स अभियान अन्तर्गत खोप पाइरहेका अधिकांश गरिब देशमा खोपको अभाव भएकाले त्यहाँ खोप अभियान नै रोक्नु पर्ने डब्लुएचओले जनाएको छ ।

डब्लुएचओका वरिष्ठ सल्लाहकार डाक्टर ब्रुस एलवर्डले कोभाक्स कार्यक्रम अन्तर्गत १ सय ३१ देशमा ९ करोड डोज पुगेको बताए । तर उक्त खोपको डोज विश्वव्यापी महामारीका रूपमा रहेको भाइरसबाट जोगाउन सकिने जनसंख्याको नजिक पनि नरहेको जनाए ।

अफ्रिकामा केही राष्ट्रहरूमा संक्रमणको तेस्रो लहर देखिएकोले थप खोप अभाव हुन थालेको उनको भनाइ छ ।

संक्रमण रोक्नका लागि हिजो मात्रै दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाले धनी देशलाई खोप अवरोध अन्त्य गर्न आह्वान गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *