विदेश
भारतका चर्चित पत्रकार रोहित सरदानाको कोरोना संक्रमणबाट निधन
२०७८ वैशाख १७ गते १४:५०

१७ वैशाख २०७८ नयाँ दिल्ली । भारतका एकजना चर्चित सञ्चारकर्मी रोहित सरदानाको निधन भएको छ । सरदनामा १० दिनअघि कोरोना संक्रमण देखिएको थियो ।
टेलिभिजन च्यानल आजतकमा कार्यरत ४० वर्षीय सरदनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा आज हृदयघात भएर उनको निधन भएको भारतीय संचार माध्यमले जनाएका छन् ।
यसअघि उनकी आमामा पनि संक्रमण पुष्टि भएको थियो । सरदानाको निधनको खबरपछि भारतीय राजनीतिज्ञ र संचारकर्मीले दुःख व्यक्त गरेका छन् ।
पछिल्लो समय भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहँदा संचारकर्मी पनि प्रभावित भएका छन् । त्यहाँ २८ दिनयता ५० भन्दा बढि संचारकर्मीको कोरोना संक्रमणकै कारण मृत्यु भईसकेको छ ।
प्रतिक्रिया