भारतमा भयावह बन्दै कोरोना, बिरामीलाई सबै सुविधा उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन

५ वैशाख २०७८ नयाँ दिल्ली । भारत पछिल्लो समय कोरोना महामारीका कारण अवस्था भयावह बन्दै गएको छ ।
अस्पताल भर्ना हुने बिरामीले उपचार सेवा पाउन सकेका छैनन् भने कतिपय बिरामीहरुले अस्पतालमा बेड नपाएर ज्यान गुमाउनु परिरहेको छ ।
दैनिक सङ्क्रमित थपिने क्रम बढ्दै जादा र बिरामीहरुको बिचल्ली हुने क्रम बढेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरोकारवाला निकायसँग छलफल गर्नुभएको छ ।
हिजो गर्नुभएको छलफलको क्रममा उहाँले सबै अस्पतालमाकोरोनाका बिरामीहरुका लागि बेड, आईसीयू, अक्सिजन लगायतका विषय सुनिश्चित गर्न निर्देशन दिनुभएको छ ।
उहाँले कोरोनाको बिरामीको सङ्ख्यालाई ध्यानमा राखी अस्थायी कोरोना अस्पताल र आईसोलेशन सेन्टरहरुमा बेड थप्नका लागि पनि निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री मोदीले कोरोना महामारीसँग लड्नका लागि भएको तयारीको विषयमा जानकारी लिँदै औषधिको उपलब्धता, अक्सीजन, भेन्टिलेटर र खोपको आपूर्तिलाई सुनिश्चित गर्न पनि सबैलाई निर्देशन दिनुभयो ।
भारतमा पछिल्लो समय दैनिक कोरोना सङ्क्रमित थपिने दर २ लाख नाघेको छ ।
PM @narendramodi reviews Preparedness of Public Health Response to #COVID19
There is no substitute to testing, tracking and treatment; All necessary measures must be taken to ramp up the availability of hospital beds for #Covid patients#StaySafe pic.twitter.com/TAasMLdwlH
— #IndiaFightsCorona (@COVIDNewsByMIB) April 17, 2021
प्रतिक्रिया