विदेश
भारतमा कोरोनाविरुद्धको खोपको अन्तिम परीक्षण शुरु
२०७७ मंसिर ५ गते १५:०८

५ मंसिर, २०७७ नयाँ दिल्ली । कोरोना भाइरसविरुद्ध भारतले बनाएको खोपको आज तेस्रो अर्थात् अन्तिम चरणको परीक्षण शुरु गरिएको छ ।
अन्तिम चरणको परीक्षणको पहिलो डोज हरियाणाका स्वास्थ्यमन्त्री अनिल विजले लगाएका छन् ।
भातरीय जनता पार्टीका नेता ६७ वर्षीय विजले आज अम्बालास्थित सिभिल अस्पतालमा खोप लगाएको बीबीसीले जनाएको छ ।
भारत बायोटेक कम्पनीले बनाइरहेको को भेक्सिन नामको खोपको तेस्रो चरणको परीक्षणपछि प्रभावकारीताबारे यकिन हुनेछ ।
कम्पनीका अनुसार तेस्रो चरणको परीक्षणमा २५ केन्द्रका २६ हजार स्वयंसेविलाई खोप दिइनेछ । भारतमा रुसी र चिनियाँ खोपको पनि परीक्षण भइरहेको छ ।
प्रतिक्रिया