वर्षासँगै गएको पहिरो जाँदा ग्याटेमालामा १५० जनाको मृत्यु

२२ कात्तिक, २०७७ ग्वाटेमाला । लगातारको वर्षाका कारण पहिरो जाँदा ग्वाटेमाला झण्डै १ सय ५० जनाको मृत्यु भएको छ ।
ग्वाटेमालाको मध्यक्षेत्र अल्टा भेरापाजको दूर्गम क्वीजा गाउँमा इटा आँधीपछि आएको भीषण वर्षाका कारण पहिरो जाँदा १ सय ५० जनाको मृत्यु भएको अन्तरराष्ट्रिय सञ्चारमातध्यमले जनाएका छन् ।
खराब मौसमका कारण उक्त क्षेत्रमा उद्धार गर्न समस्या भइरहेको र सडक अवरुद्ध रहेको जनाइएको छ। राष्ट्रपति अलेजान्ड्रो जियाम्मटेईले कम्तिमा पनि एक सय जनाको मृत्यु भएको अनुमान गरिएको बताए।
एउटा मात्र हेलिकोप्टर भएका कारण उद्धारमा समस्या भएको राष्ट्रपति जियाम्मटेईको भनाइ छ । ग्वाटेमालाका अधिकांश राज्यमा आपतकाल अवस्थाको घोषणा गरिएको छ।
क्विजा क्षेत्रको अवस्था चिन्ताजनक भएको उल्लेख गर्दै त्यहाँ एउटा शव पनि फेला पार्न नसकिएको राष्ट्रपतिले बताएका छन्। यसैबीच ग्वाटेमालाका सेना दूर्गम क्षेत्र क्वीजा पुगेको बताइएको छ ।
मौसम खराब भएका कारण त्यहाँ पुग्न सेनालाई असजिलो भएको हो । उता वर्षाका कारण होण्डुरसमा कम्तिमा पनि १० जनाको मृत्यु भएको बताइएको छ।
प्रतिक्रिया