अमेरिकाले अब कम्युनिष्ट पार्टीका सदस्यलाई स्थायी बसोबास अनुमति र नागरिकता नदिने

१९ असोज, २०७७ न्युयोर्क । अमेरिकाले कम्युनिष्ट पार्टीका सदस्यलाई स्थायी बसोबास अनुमति तथा नागरिकता नदिने भएको छ।
अमेरिकाले कुनै पनि कम्युनिष्ट पार्टीको सदस्यलाई स्थायी बसोबास अनुमति तथा नागरिकता नदिने नीति सार्वजनिक गरेको हो।
यूएस सिटिजन एन्ड इमिग्रेसन सर्भिसेसले यससम्बन्धी नयाँ नीति घोषणा गरेको हो। यूएससीआईएसले सामान्य अवस्थामा आप्रवासी बन्न चाहने व्यक्ति कम्युनिष्ट वा अन्य कुनै अधिनायकवादी पार्टीको सदस्य छ भने अमेरिकाका लागि अमान्य हुने बताएको छ ।
उक्त कानून विशेषगरी चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यप्रति लक्षित रहेको विश्लेषण गरिएको छ।
उता अमेरिकामाथिको सुरक्षा खतरालाई सम्बोधन गर्न यो कानून ल्याइएको जनाइएको छ। तर, रोजागारी, खाद्यान्न र बाँच्नका लागि आवश्यक कुनै कुरा प्राप्त गर्ने उद्देश्यले मात्र कम्युनिष्ट पार्टीमा प्रवेश गरेको प्रमाणित गर्न सक्नेलाई भने अपवादस्वरुप नागरिकता दिइनेछ।
यसअघि अमेरिकाले सन् १९ सय ५० मा समेत शीतयुद्धका क्रममा उक्त कानून लागू गरेको थियो।
प्रतिक्रिया