भरतपुर

किट अभावका कारण भरतपुर अस्पतालमा कोरोना परीक्षण प्रभावित

५ असोज, २०७७ काठमाडौं । भरतपुर अस्पतालको कोभिड प्रयोगशालामा आरटी पीसीआर किट अभाव भएपछि कोरोना परीक्षणको काम प्रभावित भएको छ । किट नहुँदा दुई दिनदेखि ल्याबको काम प्रभावित भएको भरतपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर युवानिधि बसौलाले जानकारी दिनुभयो...

भरतपुरमा गरिएको परीक्षणमा चितवनका ७८ सहित थप १०२ जनामा कोरोना संक्रमण पुष्टि

१ असोज, २०७७ काठमाडौं । भरतपुरमा गरिएको परीक्षणमा चितवनका ७८ सहित १ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मेडिकल कलेजको कोभिड ल्याबमा गरिएको परिक्षणमा भरतपुर महानगरपालिकाका ५४ जना, रत्ननगरका १९ , खैरहनीका ४ र राप्ती नगरपालिकाका...

अस्पताल चहार्दाचहार्दै भरतपुर अस्पताल पुगेका तीन कोरोना सङ्क्रमितको मृत्यु

१६ भदौ, २०७७, चितवन । जिल्लाका अस्पताल चहार्दाचहार्दै भरतपुर अस्पताल पुगेका तीन कोरोना सङ्क्रमितको सोमबार मृत्यु भएको छ । जिल्लाका मेडिकल कलेज र अस्पतालले सघन उपचार कक्ष अभाव भएको र पिसीआर परीक्षण गर्नुपर्ने भन्दै अन्तिम अवस्थामा सरकारी अस्पताल पठाएका...

भरतपुरमा ४३ जना र नारायणी अस्पतालमा गरिएको परीक्षणमा ७९ जना कोरोना संक्रमित थपिए

१४ भदौ, २०७७, काठमाडौं । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला चितवनमा गरिएको परीक्षणमा थप ४३ जनामा कोरोना संक्रमण देखिएको छ । ४ सय ७२ जनाको नमूना परिक्षण गरिएकोमा ४३ जनामा कोरोना पोजेटिभ देखिएको कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका निर्देशक...

भरतपुर अस्पतालमा गरिएको परीक्षणमा ३३ जनामा कोरोना पुष्टि

६ भदौ, २०७७, चितवन । चितवनको भरतपुर अस्पतालको कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार साँझ २ सय ७० वटा नमुना परीक्षण गर्दा थप ३३ जनामा कोरोना पोजिटिभ देखिएको हो । प्रयोगशाला...

भरतपुर अस्पतालमा गरिएको परीक्षणमा थप ३० जनाका कोरोना पुष्टि

३ भदौ, २०७७, चितवन । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ३० जनामा कोरोना संक्रमण देखिएको छ । प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणका क्रममा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। उनीहरूमध्ये २० जना चितवनका हुन्।...

भरतपुर अस्पतालका प्रमुखसहित चार चिकित्सक र एक स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण

३२ साउन, २०७७, चितवन । कोरोना रोग उपचारको ‘हब’ अस्पताल भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्टसहित चार चिकित्सक र एक स्वस्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ । यससँगै अस्पतालमा नियमित उपचारमा समस्या देखिएको छ । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज...