खानेपानी

मेलम्ची खानेपानी आयोजनाको सुरुङ आज पुनः परीक्षण

१० फागुन २०७७ सिन्धुपाल्चोक । उपत्यकाको खानेपानीको समस्या समाधानको उपायका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङ आज पुनः परीक्षण गरिएको छ। सुरुङमा पहिलोपटक पानी पठाएर परीक्षण गरिएको आठ महिनापछि आज खानेपानी मन्त्री मणिचन्द्र थापाले स्विच थिचेर पुनः परीक्षणको शुभारम्भ...

स्थानीय सरकारलाई स्वच्छ खानेपानीको योजना बनाउन प्रेरित गरिँदै

१० फागुन २०७७ काठमाडौं । सात सय ५३ वटै स्थानीय सरकारलाई नागरिकलाई पर्याप्त र गुणस्तरीय पानी उपलब्ध गराउन योजना बनाउन प्रेरित गर्न थालिएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागका विज्ञ डा रञ्जित ओझा संयुक्त राष्ट्र सङ्घले निर्धारण गरेको...

मेलम्ची खानेपानी आयोजनाको आज सुरुङ पुनः परीक्षण गरिने

१० फागुन २०७७ सिन्धुपाल्चोक । बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा आजदेखि पानी भर्न थालेर परीक्षण गरिने भएको छ । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण गरिन लागिएको...

राजधानीमा खानेपानीको माग ४३ करोड, आपूर्ति आठ करोड लिटर

१ फागुन २०७७ काठमाडौं । सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा दैनिक ४३ करोड लिटर खानेपानीको आवश्यकता छ तर आपूर्ति भने वर्षात्मा १५ करोड लिटर र हिउँदमा आठ करोड लिटरमात्र भइरहेको छ । वीरशम्शेरको पालादेखिको पाइप वितरण प्रणाली भएकाले करीब तीन...

खानेपानी मन्त्रीलाई प्रश्न, विप्लव समूहका नेतासँग के कुरा भयाे ? (भिडियो रिपोर्टसहित)

२० माघ २०७७ काठमाडौं । विप्लव समूहका नेता हेमन्तप्रकाश ओलीलाई भेटेका खानेपानी मन्त्री मणिचन्द्र थापालाई आजै हामीले भेटेका छौं । मन्त्री थापासँग हामीले वलीसँग आज भएका कुराकानी र विप्लव समूहसँगको वार्ताबारे जिज्ञासा राखेका छौं । मन्त्री थापासँगको विस्तृत कुराकानी...

खानेपानीमन्त्री थापा नख्खु कारागारमा, विप्लव नेतासँग भेट

२० माघ २०७७ काठमाडौं । खानेपानीमन्त्री मणिचन्द्र थापाले नख्खु जेल पुगेर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’ लाई भेट्नुभएको छ । सरकार र विप्लव समूहबीच वार्ता प्रयास भइरहेका बेला मन्त्री थापा आज बिहान नख्खु कारागार पुगेर...

जिब्रो चिप्लिएपछि खानेपानी मन्त्री थापाले माफी मागे

१८ माघ २०७७ काठमाडौं । खानेपानी मन्त्री मणिचन्द्र थापाले सार्वजनिक कार्यक्रममा ‘श्री ५ को सरकार’ भनेकोमा माफी मागेका छन् । शनिबार सुर्खेतमा आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा ‘श्री ५ को सरकार’ भनेकोमा मन्त्री थापाले आज माफी माग्नु भएका हो...

सुक्खा पहाड खनेर निकालियो खानेपानी : फर्किए बसाइँ सर्ने गाउँले

१६ पुस २०७७ इलाम । खानेपानी अभाव भएपछि यहाँस्थित इलाम नगरपालिका–११ सोयाकमा पहाड खनेर पानी निकालिएको छ । सुक्खाग्रस्त क्षेत्रमा पानीको हाहाकार भएपछि बसाइँ सर्नेको सङ्ख्या बढेको थियो । नगरले डिप बोरिङमार्फत जमिन खनेर पानी निकालेपछि बसाइँ सर्ने फर्किन...

खानेपानी र सरसफाईको अवस्था अध्ययन गर्ने नवनियुक्त मन्त्री थापाको निर्णय

१२ पुस २०७७ काठमाडौं । नवनियुक्त खानेपानीमन्त्री मणिचन्द्र थापाले देशका ७७ वटै जिल्लामा खानेपानी तथा सरसफाईको अवस्था अध्ययन गर्ने निर्णयमा हस्ताक्षर गरेर मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको छ । खानेपानी मन्त्रालयमा मन्त्रीको जिम्मेवारी सम्हाल्दै उहाँले मन्त्रालयको काममा आफ्नो तर्फबाट कुनै...

खानेपानी संस्थान पोखराका कर्मचारी घुससहित पक्राउ

२५ भदौ, २०७७, पोखार। खानेपानी संस्थान पोखराका एकजना कर्मचारीलाई घुस रकम सहित पक्राउ परेका छन । प्रशासन सहायक पदमा कार्यरत कृष्णहरि वाग्लेलाई सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्रेको हो । घरमा जडान...