Main News

खानेपानीको समस्या : कतै घण्टौं हिड्नुपर्ने बाध्यता कतै तीन दिनसम्म पालो कुर्नुपर्ने (भिडियो रिपोर्टसहित)

२०७९ चैत ८ गते १७:२४
खानेपानीको समस्या : कतै घण्टौं हिड्नुपर्ने बाध्यता कतै तीन दिनसम्म पालो कुर्नुपर्ने (भिडियो रिपोर्टसहित)

८ चैत २०७९ काठमाडौं । आज विश्व जल दिवस । नेपाल जलस्रोतमा धनी भए पनि नागरिकले जल उपभोग गर्न पाएका छैनन् । सुख्खायाम लागेसँगै मुहान सुक्दा नागरिक खानेपानीको समस्या भोग्न बाध्य छन् ।

धनकुटामा कतै खानेपानी खोज्न घण्टौ हिड्नुपर्ने बाध्यता छ त कतै तीन दिसम्म पालो पर्खिएर बस्नुपर्ने अवस्था छ ।

धनकुटाको चौबिसे, सहिदभूमि, साँगुरीगढी, छथर जोरपाटी लगायतका पालिकामा खानेपानीको लागि स्थानीयले धेरै धेरै दुःख गर्नुपर्छ । हिउँद लागेसँगै पानी खोज्न धेरै टाढा जानुपर्ने बाध्यता छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यलय धनकुटाको तथ्याङ्क अनुसार धनकुटामा करिव ८९ प्रतिशत नागरिक खानेपानीको सहज पहुँचमा र ११ प्रतिशत खानेपानीको पहुँच भन्दा बाहिर छन् । बाँकी खानेपानीको सहज पहुँचमा भएका भनिएका ८९ प्रतिशत नागरिकले पनि सहज रुपमा पानी पाइरहेका छैनन् ।

अहिलेसम्म ७० प्रतिशत खानेपानीको मुल सुकेको छ । वन फडानी, अव्यवस्थित खनिएका बाटो, जथाभावी स्काभेटरको प्रयोगले मुहान मासिएका छन् । खानेपानीको दिगो व्यवस्थापनका लागि लिफ्टिङ प्रविधि गर्नु बाहेकको विकल्प छैन ।

निमित्त डिभिजन प्रमुख, खानेपानी तथा सरसफाई डिभिजन कार्यलय, धनकुटा
दीर्घकालीन रूपमा खानेपानीको समस्या समाधान गर्न लिफ्ट खानेपानीसंगै मुल संरक्षण, वृक्षारोपण, पोखरी संरक्षण तथा जथाभावी स्काभेटर प्रयोग गर्न नहुने विज्ञको सुझाव छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *