खोटाङको राजापानीमा छैन खानेपानी (भिडियो रिपोर्टसहित)

२०७९ चैत २६ गते २०:४०
खोटाङको राजापानीमा छैन खानेपानी (भिडियो रिपोर्टसहित)

२६ चैत २०७९ खोटाङ । शुद्ध पिउने पानीको अभावका कारण खोटाङको हलेसी तुवाचुङ नगरपालिकास्थित राजापानीबाट अन्यत्र बसाइँसराइ गर्ने क्रम बढेको छ ।

नेपालको संविधानले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइको हक प्रत्याभुत गरेपनि खोटाङको यो ग्रामीण भेगका नागरिक पानी लिनका लागि खोला किनारतर्फ सरेका छन् ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर एघारमा रहेको यो ठाउँको नाम हो, राजा पानी । तर, नाम राजापानी भएपनि यहाँ पिउने पानीको चरम अभाव छ । नगरपालिकाका माथिल्लो चप्लेटी र कटहरे सिरुवानीका बासिन्दा खानेपानीको अभावमा तल्लो भेगमा बसाइँसराइ गरिरहेका छन् ।

कतिपय स्थानीय भुकम्पले घर भत्काएपछि प्राय नागरिक सुनकोशीको किनार रेग्मीटारमा सरेका छन् । कतिपय नागरिक सुविधाको खोजीमा गाईघाट, विराटनगर र काठमाडौं समेत पुगेका छन् । ७२ सालअघि राजापानीमा ४४ परिवारको बसोबास थियो । तर, अहिले चार परिवारमात्र छन् ।

कुनैबेला १६ परिवार बस्ने माथिल्लो चप्लेटी अहिले सुनसान छ । १८ घर रहेको पुरानो गाउँमा अहिले तीन घरमात्र बाँकी छ । १० घर रहेको कटहरे सिरुवानीमा अहिले एउटा परिवार बसोबास गर्दै आएको छ । यी स्थानमा घरको भग्नावशेष मात्र बाँकी छ ।

ओखरबोटे तल्लोसान्ने, पाटीआहाल, रोकाडाँडा, नमुनाटोल, तल्लो बड्का, काहुले, बेराखा बाहुनगाउँ, कार्की गाउँ, गैरीखोला, सिमपानी, बेलबोटे, थुम्कीलगायतका टोलमा एक घरदेखि बढीमा १० घर मात्र बाँकी छन् । गैरीखोलामा एक, कार्की गाउँमा दुई, ओखरबोटे तल्लोसान्नेमा तीन, तल्लो बड्कामा तीन र काहुलेमा तीन परिवार मात्र बाँकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *