प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

हिमालय टिभी
२०८३ भदौ २५ गते १७:५३
प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौं :  प्रधानमन्त्री बालेन्द्र शाह असोज ६ गते अमेरिका जानु हुनेभएको छ ।

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन उहाँ असोज ६ गते अमेरिकाको न्युयोर्क जान लाग्नुभएको हो । आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत भएको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो । उहाँको भ्रमण १० गतेसम्म हुनेछ । यस अघि परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा अमेरिका जाने भनिए पनि रसुवा बाढीले ठूलो जनधनको क्षति गरेपछि जलवायु परिवर्तनको मुद्दा लिएर प्रधानमन्त्री शाह अमेरिका उड्न लाग्नुभएको हो । यस्तै भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल–इन्डिया इन्टर–गभर्मेन्टल सब–कमिटिको बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

यस्तै अनुचित लेनदेन मिटरब्याज अपराध नियन्त्रणसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय भएको छ । यसैगरी काठमाडौं, भक्तपुर, ललितपुर, सप्तरी र दाङ जिल्लाका कुल २७ स्थानीय तहका १७,४३८ गरिब घरपरिवारको सूची स्वीकृत गर्ने निर्णय भएको छ । शिक्षक सेवा आयोगको अध्यक्षमा डाक्टर हरिप्रसाद लम्साल, सदस्यमा रामशरण सापकोटा र महिला सदस्यमा विष्णु घिमिरे रिमाललाई नियुक्ति गर्ने निर्णय भएको छ ।

यसैगरी सहसचिव विनोदबहादुर कुँवरलाई सचिव पदमा बढुवा गरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिव पदमा पदस्थापन गर्ने निर्णय भएको छ भने सहसचिव उत्तरकुमार खत्रीलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिव पदमा पदस्थापन गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्