Main News

मविरुद्धको मुद्दाले माओवादी घटकलाई एक ठाउँमा ल्यायो : प्रचण्ड (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ फागुन २९ गते १८:०५
मविरुद्धको मुद्दाले माओवादी घटकलाई एक ठाउँमा ल्यायो : प्रचण्ड (भिडियो रिपोर्टसहित)

२९ फागुन २०७९ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूविरुद्ध दर्ता भएको मुद्दाले माओवादी घटकलाई एक ठाउँमा ल्याउन मद्दत पुगेको बताउनु भएको छ ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनको छैटौं राष्ट्रिय महाविधेशन उद्घाटन समारोहमा प्रचण्डले आफूविरुद्ध मुद्दा दर्ता हुँदा तरंग पैदा भए पनि माओवादीलाई भने एकताबद्ध हुन मद्दत पुगेको बताउनु भएको हो ।

मुद्दा दर्तासम्बन्धी रिट पर्नुलाई आफूले शान्ति सम्झौतासम्बन्धी ऐनलाई अघि बढाउनुपर्ने कामका रुपमा लिएको उल्लेख गर्दै अदालतको फैसला पनि शान्ति सम्झौताभन्दा बाहिर नगएकाले चिन्तित हुनुपर्ने अवस्था नरहेको उहाँको जिकिर छ ।

प्रचण्डले विभिन्न भंगालोमा विभाजित माओवादीहरुलाई सही विचारका आधारमा एकतावद्ध गराउन शिक्षकहरुको भूमिका महत्वपूर्ण हुने जिकिर गर्नुभयो ।

उहाँले विश्वका अन्य देशमा शिक्षक पेसालाई सबैभन्दा प्रतिष्ठित मानिने भए पनि नेपालमा त्यस किसिमको संस्कारको विकास नभएको भन्दै शिक्षक पेसालाई मर्यादित र सम्मानित गराउन सरकारले ध्यान दिएको दाबी गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *