Main News

स्वास्थ्य सेवालाई निःशुल्क र सर्वसुलभ बनाउने प्रचण्डको प्रतिबद्धता (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ फागुन ५ गते १६:२४
स्वास्थ्य सेवालाई निःशुल्क र सर्वसुलभ बनाउने प्रचण्डको प्रतिबद्धता (भिडियो रिपोर्टसहित)

५ फागुन २०७९ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य सेवालाई निःशुल्क, सर्वसुलभ र विभेदमा पारिएका नागरिकको पहुँच स्थापित हुने गरी अगाडि बढाउन सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ ।

काठमाडौंमा आयोजित चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान तेस्रो दीक्षान्त समारोहमा प्रधानमन्त्री प्रचण्डले संविधानमा उल्लेखित स्वास्थ्यको हकलाई कार्यान्वयन हुनेगरी सरकारले आवश्यक गृहकार्य र पहलकदमी गरिरहेको दावी गर्नुभयो ।

उहाँले दक्ष प्राविधिक जनशक्तिको उत्पादन, प्रभावकारी सेवा प्रवाह र राष्ट्रिय आवश्यक्ताको सम्बोधन हुनेगरी अनुसन्धानको काममा थप प्रगति हासिल गर्नेगरी अगाडि बढन प्रतिष्ठानलाई निर्देशन दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डले सरकारी अस्पतालमा रहेका स्वास्थ्य सामग्रीहरुको दूरुपयोग हुन नदिन पनि प्रतिष्ठानका पदाधिकारीहरुलाई सचेत गराउनुभयो ।

उहाँले जनगुनासो नआउने गरी सेवा प्रवाहको कामलाई चुस्तदुरुस्त बनाउन पनि सरकारी अस्पतालहरुले जोड दिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *