उपसभामुख चयनका लागि आज निर्वाचन हुँदै

७ माघ २०७९ काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख चयनका लागि आज निर्वाचन हुँदैछ ।
जसका लागि दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ । संसद् सचिवालयका अनुसार उपसभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । हिजो दिउँसो चार बजेसम्म उम्मेदवारी दर्ताका लागि समयसीमा तोकिएको थियो ।
जुन समयसीमाभित्र दुई जनाको उम्मेदवारी परेको छ । संसद् सचिवालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका इन्दिरा रानामगर र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
रानामगरको प्रस्तावकमा रास्वपाकै सोविता गौतम हुनुहुन्छ भने एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रका नारायणी शर्मा र राप्रपाका राजेन्द्रप्रसाद लिङ्देन समर्थक हुनुहुन्छ ।
यस्तै, यादवको प्रस्तावकमा कांग्रेस सांसद बद्री पाण्डे र समर्थकमा नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरी र लोसपा सांसद सर्वेन्द्रनाथ शुक्ला हुनुहुन्छ । यसअघि नेकपा एमालेका देवराज घिमिरे सभामुख निर्वाचित भइसक्नुभएको छ ।
प्रतिक्रिया