Main News

निर्वाचनको जनमतबाट सबै मिलेर जानुपर्ने अवस्था आएको छ : अध्यक्ष लिङ्देन

२०७९ पुष २६ गते १६:१३
निर्वाचनको जनमतबाट सबै मिलेर जानुपर्ने अवस्था आएको छ : अध्यक्ष लिङ्देन

२६ पुस २०७९ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले हालै सम्पन्न निर्वाचनबाट बनेको संसदीय संरचनाले नै सबै मिलेर जानुपर्ने अवस्था आएको बताउनुभयो ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राख्नुभएको विश्वासको मतमा समर्थन गर्दैै उहाँले प्रधानमन्त्रीले जनतालाई दिने सेवा प्रवाह र राष्ट्रियताको सन्दर्भमा भएका प्रतिबद्धताको सराहना गर्नुभयो । साथै त्यसमा आफ्नो पार्टीको पूर्ण समर्थन रहेकोसमेत उहाँले बताउनुभयो ।

उहाँले लामो समयदेखिको जनताको चाहना सुशासन कायम राख्न र विकासको गति तीव्र रुपमा बढाउन सरकार सफल होस् भनी कामना गर्नुभयो । अध्यक्ष लिङ्देनले पुथ्वी जयन्तीमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेकामा धन्यवाद व्यक्त गर्दै नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहलाई सम्झँदा कसैले पनि हीनताबोध गर्न नपर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *