Main News

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन प्रक्रिया अगाडि बढाउन आयोगलाई प्रधानमन्त्रीको आग्रह

हिमालय टिभी
२०७९ पुष १८ गते १३:३४
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन प्रक्रिया अगाडि बढाउन आयोगलाई प्रधानमन्त्रीको आग्रह

१८ पुस २०७९ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले आज बिहान प्रधानमन्त्री कार्यालय सिंहदरबारमा निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्नुभएको हो ।

छलफलमा उहाँले राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रिय सभा सदस्यको रिक्त रहेको १ स्थानमा निर्वाचनका लागि आवश्यक प्रक्रिया थाल्न आयोगका पदाधिकारीलाई आग्रह गर्नुभयो । नेकपा एमालेका खिमलाल भट्टराईले राजीनामा दिएपछि राष्ट्रिय सभामा एक सदस्य पद रिक्त छ ।

बैठकमा आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियालगायत आयुक्तहरुले आयोगको कामकारवाही र निर्वाचन प्रक्रियाबारे जानकारी गराउनु भएको थियो ।

आयोगका पदाधिकारीसँगको छलफल लगत्तै प्रधानमन्त्री प्रचण्डले मन्त्रालयका सचिवहरूसँग पनि छलफल गर्नुभएको छ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रभावकारी ढंगले काम गर्न सचिवहरुलाई निर्देशन दिनु भयो । पुस १० गते प्रधानमन्त्री पदको शपथ लिएका प्रचण्डले सचिवहरुसँग छलफल गर्नु भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *