Main News

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ मंसिर २८ गते १४:५६
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक (भिडियो रिपोर्टसहित)

२८ मंसिर २०७९ काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको छ ।

मंसिर ४ गते सम्पन्न निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको अन्तिम परिणाम तीन सातापछि आज सार्वजनिक गरेको हो । प्रतिनिधिसभाको प्रत्यक्षमा १६५, समानुपातिकतर्फ ११० सिटका निर्वाचित सांसदको नामावली सर्वाजनिक गरिएको छ ।

त्यस्तै, प्रदेशको प्रत्यक्षतर्फ ३३० र समानुपातिकतर्फ २२० सिटको अन्तिम परिणाम पनि सार्वजनिक गरिएको छ । यस्तै प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा ४ हजारभन्दा बढी उम्मेदवारको धरौटी जफत भएको छ । सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ ।

जसअनुसार प्रतिनिधिसभातर्फ १ हजार ७७२ पुरुष र १ सय ८९ महिला गरी १ हजार ९ सय ६१ जनाको धरौटी जफत भएको छ भने प्रदेशसभातर्फ २ हजार ३ सय २४ जनाको धरौटी जफत भएको छ ।

आयोगले समानुपातिकतर्फ निर्वाचित सांसदहरुलाई आइतबार प्रमाणमात्र वितरण गर्ने भएको छ । आयोगले भोलि राष्ट्रपति समक्ष प्रतिवेदन बुझाउने तयारी समेत गरेको छ ।

त्यस्तै प्रदेशतर्फ पुस २ गते सम्बन्धित प्रदेश प्रमुखलाई प्रतिवेदन बुझाउने आयोगले जनाएको छ । राष्ट्रपति र प्रदेश प्रमुखसमक्ष प्रतिवेदन बुझाएपछि राजपत्रमा प्रकाशित हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *