Main News

स्याङ्जा र बाजुराका विषयमा अन्योलमै निर्वाचन आयोग

हिमालय टिभी
२०७९ मंसिर १४ गते १३:३४
स्याङ्जा र बाजुराका विषयमा अन्योलमै निर्वाचन आयोग

१४ मंसिर २०७९ काठमाडौं । स्याङ्जा क्षेत्र नम्बर २ र बाजुराको निर्वाचन विवादमा अझै कुनै निर्णय आउन सकेको छैन ।

मंसिर ४ मा निर्वाचन सम्पन्न भएको १० औं दिनसम्म पनि निर्वाचन आयोग अनिर्णित छ । दुई ठाउँको स्थलगत टोलीले प्रतिवेदन पेश गरेपनि आयोगले कुनै निर्णय गर्न सकेको छैनन् ।

स्याङजा–२ मा एमालेले कांग्रेसमाथि बुथ क्याप्चर गरेको आरोप लगाएको छ । चापाकोटमा मरेका मानिसहरुको नाममा समेत मतदान भएको, बुथ क्याप्चर गरिएको अनि विदेशमा भएकाहरुको नाममा समेत मतदान भएको भन्दै एमालेले फेरी मतदान हुनुपर्ने माग गरेको छ ।

बाजुरामा भने बुढीनन्दामा मात्रै मतदान स्थगित भएको थियो । अन्यत्रको मतपेटिका संकलन गरेर मुख्य निर्वाचन अधिकृतलाई बुझाइएको छ ।

त्यहाँ कांग्रेस र एमालेले नै एक अर्कामाथि बुथ क्याप्चरको आरोप लगाउँदै केही ठाउँमा फेरी मतदान हुनुपर्ने माग गरेका छन् । तर फेरी मतदान हुनुपर्ने माग गरिएका ठाउँ भने फरक फरक छन् । दोलखाका १० वटा मतदान केन्द्रमा भने भोलि पुनः मतदान हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *