Main News

६० जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी

हिमालय टिभी
२०७९ कार्तिक ६ गते ८:५०
६० जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी

६ कात्तिक २०७९ काठमाडौं । निर्वाचन आयोगले ६० जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी गरेको छ भने तिहारअघि थप ६ वटा जिल्लामा मतपत्र पुग्ने भएको छ ।

मनाङ, मुस्ताङ, अछाम, बाजुरा, कालिकोट, मुगु, हुम्ला, जुम्ला र डोल्पा जिल्लाको मतपत्र तिहारपछि ढुवानी हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म प्रत्यक्षतर्फ साढे एक करोडभन्दा धेरै मतपत्र छपाइ सकिएको छ ।

मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मतपत्रको पृष्ठभूमि रङ्ग सेतो हुने पनि आयोगको भनाइ छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ सेतो पृष्ठभूमिको कागजमा निर्वाचन चिह्न र अन्य विवरणका लागि कालो रङ्ग प्रयोग भएको छ ।

प्रतयक्षतर्फको सेतो पृष्ठभूमिको कागजमा निर्वाचन चिह्न र अन्य विवरणको रङ्ग रातो मसीको रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *