Main News

जिज्ञासा सम्बोधन गर्न निर्वाचन आयोगको टोल फ्री नम्बर ‘११०२’ सञ्चालनमा

हिमालय टिभी
२०७९ असोज २९ गते ८:५८
जिज्ञासा सम्बोधन गर्न निर्वाचन आयोगको टोल फ्री नम्बर ‘११०२’ सञ्चालनमा

२९ असोज २०७९ काठमाडौं । निर्वाचन आयोगले निर्वाचनसम्बन्धी जिज्ञासा सम्बोधन गर्न टोल फ्री नम्बर ११०२ सञ्चालनमा ल्याएको छ ।

निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले हिजोदेखि टोल फ्री नम्बर ११०२ सञ्चालनमा ल्याएको हो । प्रमूख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाका अनुसार टोल फ्री नम्बरमार्फत जो कोहीले निर्वाचन सम्बन्धी प्रश्न सोध्न र जिज्ञासा राख्न सक्नेछन् ।

यसैबीच, निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आवश्यक सामग्री सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पठाउन शुरु गरेको छ ।

हिजोदेखि समानुपातिक निर्वाचन तर्फको मतपत्र ढुवानीको काम शुरु भएको आयोगले जनाएको छ । आयोगका अनुसार हिजो प्रदेश १ को सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, मधेश प्रदेशको सप्तरी, सिरहा र धनुषा लगायतका ८ जिल्लामा नेपाली सेनाको निगरानीमा मतपत्र पठाइएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले असोज ३१ गतेसम्म सबै जिल्लामा समानुपातिक तर्फको मतपत्र पठाई सकिने जानकारी दिनुभयो । अन्य प्रदेशका लागि आवश्यक निर्वाचन सामग्री पनि धमाधम पठाउने तयारी भइरहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *