Main News

निर्वाचन आचारसंहिता आज मध्यरातदेखि लागू गर्ने निर्वाचन आयोगको निर्णय (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असोज ११ गते १७:०५
निर्वाचन आचारसंहिता आज मध्यरातदेखि लागू गर्ने निर्वाचन आयोगको निर्णय (भिडियो रिपोर्टसहित)

११ असोज २०७९ काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने आमनिर्वाचनका लागि भोलिदेखि निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ ।

आयोगको आज बसको बैठकले भोलिदेखि निर्वाचन अचारसंहिता २०७९ लागू गर्ने निर्णय गरेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबैलाई आग्रह गर्नुभएको छ ।

गत आइतबार आयोगले​ विभिन्न दलका मुख्य नेताहरूलाई बोलाएर निर्वाचन आचारसंहिताबारे छलफल गरेको थियो । सो अवसरमा आयोगले उनीहरूलाई आफ्नो दल आचारसंहिता पालना गर्न प्रतिबद्ध छ भनेर हस्ताक्षर समेत गराएको थियो ।

आयोगले दलहरुलाई असोज २३ मा उम्मेदवारको मनोनयन गर्ने समयावधी दिएको छ । असोज २ र ३ मा दलहरुले समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाइसकेका छन्। बन्दसूचीमा पेश गरिएको नाम सच्याउन असोज १६ गते सम्मको समय दिएको छ।

यस्तै आयोगले चुनावसम्बन्धी कानून तथा आचारसंहिता बमोजिम आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार र दलहरूले खर्च गर्न पाउने अधिकतम सीमा तोक्ने गृहकार्य भइरहेको बताएको छ । खर्चको सीमा तोक्ने सम्बन्धमा आज आयोगले राजनीतिक दलसँग परामर्श समेत गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *