Main News

निर्वाचन आचारसंहिताको विषयमा आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्दै

हिमालय टिभी
२०७९ असोज ९ गते ९:४०
निर्वाचन आचारसंहिताको विषयमा आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्दै

९ असोज २०७९ काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनका लागि आचारसंहिता लागू गर्ने बारेमा आज राजनीतिक दलहरूसँग छलफल गर्न लागेको छ ।

दलहरूसँग छलफल गरेर आचारसंहिताको प्रभावकारी कार्यान्वयन गराउने आयोगको भनाइ छ । छलफलका लागि प्रधानमन्त्री, गृहमन्त्रीसहित १२ राजनीतिक दलका प्रमुख तथा पदाधिकारीलाई बोलाएइको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा छलफलमा आउनेनआउने निश्चित भइनसकेको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । आयोगले केही दिनभित्रै निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ ।

सोही आचारसंहिता कार्यान्वयनका लागि प्रतिबद्धता लिन दलहरूसँग छलफल गर्न लागिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *