Main News
‘प्रतिनिधिसभा निर्वाचनमा १०० सिटमा कांग्रेसको दाबी कायमै’ (भिडियो रिपोर्टसहित)
२०७९ भदौ ११ गते १६:१०
११ भदौ २०७९ पाँचथर । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको एक सय सिटमा दाबी कायमै रहेको बताउनुभएको छ ।
पाँचथरमा आज सञ्चारकर्मीसँगको अन्तरक्रियामा नेता आङदेम्बेले स्थानीय तहको निर्वाचनको मतको आधारमा पनि कांग्रेसको एक सय सिटमा दावी रहने बताउनुभएको हो ।
उहाँले गठबन्धनलाई स्थानीय तह निर्वाचनमा भन्दा कसिलो बनाएर संघ र प्रदेशको चुनावमा लगिने दाबी गर्नुभयो ।
गठबन्धनमा सिट बाँडफाँटको विषयमा सहमति जुटने क्रम जारी रहेकाले छिट्टै उम्मेद्वारको नाम तय हुने नेता आङदेम्बेको भनाइ थियो ।
प्रतिक्रिया