Main News

निर्वाचन सुरक्षाबारे प्रारम्भिक छलफल शुरु (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन ३० गते १८:३०
निर्वाचन सुरक्षाबारे प्रारम्भिक छलफल शुरु (भिडियो रिपोर्टसहित)

३० साउन २०७९ काठमाडौं । सरकारले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको सुरक्षा योजनाबारे प्रारम्भिक छलफल शुरु गरेको छ ।

सिंहदरबारमा गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा आगामी मंसीर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सुरक्षा योजनाबारे आवश्यक छलफल शुरु भएको हो ।

चार वटै सुरक्षा निकायका प्रमुखहरुसहित बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा निर्वाचनको सुरक्षा तयारीबारे प्रारम्भिक छलफल शुरु भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।

बैठकमा गृहसचिव टेकनारायण पाण्डे, रक्षा सचिव किरण शर्मा, प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह, सशष्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल र नेपाली सेनाका बलाधिकृत रथी बालकृष्ण कार्कीसहितका सुरक्षा अधिकारीहरु सहभागी हुनुभयो ।

चारैवटा सुरक्षा निकाय आआफ्नो तर्फबाट निर्वाचन सुरक्षा तथा साधन स्रोत व्यवस्थापनसम्बन्धी कार्ययोजना बनाइसकेका छन् । सोही कार्ययोजना केन्द्रीय सुरक्षा समितिको बैठकमा पेस गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *