Main News

उपसभामुखको निर्वाचन असार ३१ गते हुने

२०७९ असार २९ गते १२:५६
उपसभामुखको निर्वाचन असार ३१ गते हुने

२९ असार २०७९ काठमाडौं । संघीय संसद, प्रतिनिधिसभामा उपसभामुख पदको निर्वाचन असार ३१ गते हुने भएको छ।

उपसभामुख निर्वाचनका लागि सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचन कार्यतालिका सार्वजनिक गर्नुभएको हो । जस अनुसार भोलि मनोनयन दर्ता हुने र पर्सि दिउँसो मतदान गर्नेगरी कार्यतालिका सार्वजनिक हुने छ ।

शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि प्रतिनिधि सभामा साढे दुई वर्षदेखि उपसभामुख पद रिक्त छ । तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि नेकपाका तर्फबाट अग्निप्रसाद सापकोटा सभामुख बन्नुभएको थियो ।

संविधानअनुसार एउटै दलबाट सभामुख र उपसभामुख बन्न नपाइने भएपछि तुम्बाहाङ्फेले उपसभामुख पदबाट राजीनामा दिनुभएको हो । केपी शर्मा ओली प्रधानमन्त्री रहुञ्जेल करिब डेढ वर्ष उपसभामुख चयनतर्फ सरकारले चासो दिएन ।

शेरबहादुर देउवा प्रधानमन्त्री भएको एक वर्ष बितिसक्दा पनि अहिलेसम्म उपसभामुख पद खाली छ। विपक्षी दलका नाताले उपसभामुख पदमा एमालेले स्वाभाविक दाबी गर्ने देखिन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *