Main News

स्थानीय तह निर्वाचनमा भएको गठबन्धनप्रति कांग्रेसको यस्तो असन्तुष्टि

हिमालय टिभी
२०७९ असार २७ गते १८:४८
स्थानीय तह निर्वाचनमा भएको गठबन्धनप्रति कांग्रेसको यस्तो असन्तुष्टि

२७ असार २०७९ काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस पनि स्थानीय तहको निर्वाचनमा भएको गठबन्धनमा असन्तुष्ट देखिएको छ ।

यसअघि माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले गठबन्धनमा कांग्रेस इमान्दार नदेखिएको निष्कर्ष निकालेका थिए । स्थानीय तह निर्वाचनको समीक्षा गर्न बसेको कांग्रेस केन्द्रीय कार्य समिति बैठकमा ७ प्रदेशका सभापतिले गठबन्धनमा असन्तुष्टि जनाएका हुन् । उनीहरुले केन्द्रले प्रदेश समितिको अधिकार कटौती गरेकोमा पनि असहमति राखेका छन् ।

बैठकमा उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको प्रतिवेदन र कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार प्रसार समितिको प्रतिवेदन पेश गर्नुभएको छ ।

आजको बैठकमा शेखर कोइराला, प्रदीप पौडेल, डिला संग्रौलालगायतका ११ केन्द्रीय सदस्य र ७ प्रदेश सभापतिले आफ्नो धारणा राखेका छन् । बैठक भोलि पनि बस्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *