Main News

निर्वाचन अघि कुनै पार्टीसँग एकता हुँदैन : अध्यक्ष नेपाल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असार २७ गते १६:४४
निर्वाचन अघि कुनै पार्टीसँग एकता हुँदैन : अध्यक्ष नेपाल (भिडियो रिपोर्टसहित)

२७ असार २०७९ धनगढी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रदेश र प्रतिनिधिसभा निर्वाचनअघि कुनै पनि पार्टीसँग एकता नगर्ने बताउनुभएको छ ।

प्रेस संगठन धनगढीले गरेको पत्रकार भेटघाटमा अध्यक्ष नेपालले वाम शक्तिहरूबीचको एकता आवश्यक रहेको भए पनि निर्वाचनसम्म एकता सम्भव नभएको बताउनुभयो ।

वाम शक्तिलाई एक ठाउँमा ल्याउन विगतमा पनि भूमिका खेलेको बताउँदै विचार मिल्ने वाम शक्तिसँग सहकार्य गरेर जान आफू तयार रहेको बताउनुभयो ।

अध्यक्ष नेपालले संविधान मिच्ने काममा भूमिका नखेलेका, प्रगति र परिवर्तनको पक्षमा रहेका तथा समाजवादको यात्रामा रहेका शक्तिहरूसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र)सँग एकीकरण हुने चर्चा चलेको विषयमा नेपालले अगामी निर्वाचनअघि नै कुनै पार्टीसँग एकता नहुने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *