Main News

आज देशभर आंशिकदेखि सामान्य बदली रहने, प्रदेश १ मा भारी वर्षाको सम्भावना

हिमालय टिभी
२०७९ असार १७ गते ९:०१
आज देशभर आंशिकदेखि सामान्य बदली रहने, प्रदेश १ मा भारी वर्षाको सम्भावना

१७ असार २०७९ काठमाडौं । आज देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वामान गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश–१, बागमती प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्य बदली रहनेछ ।

देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश–१ का एक–दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना देखिएको छ । नदी, नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन÷यातायात क्षेत्र प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *