Main News

आज अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करीविरुद्धको दिवस मनाइँदै

हिमालय टिभी
२०७९ असार १२ गते ९:०७
आज अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करीविरुद्धको दिवस मनाइँदै

१२ असार २०७९ काठमाडौं । आज अन्तर्राट्रिय लागु पदार्थ तथा अवैध तस्करीविरुद्धको दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

राष्ट्र सङ्घको सन् १९८७ को घोषणापत्रमा उल्लेख गरिएअनुसार हरेक वर्ष जुन २६ तारिखमा यो दिवस मनाउने गरिएको हो । यो वर्ष अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवसको नारा ‘स्वास्थ्य र मानवीय सङ्कटका समयमा लागु पदार्थको चुनौतीहरूको सम्बोधन’ भन्ने तय गरिएको छ ।

नेपालमा पनि लागु औषधविरुद्ध क्रियाशील सरकारी तथा गैरसरकारी निकायले चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाउने तयारी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *