Main News

मंसिर १० गतेभित्र प्रदेश र संघीय संसदको निर्वाचन सक्ने आयोगको तयारी

हिमालय टिभी
२०७९ असार १० गते १४:४१
मंसिर १० गतेभित्र प्रदेश र संघीय संसदको निर्वाचन सक्ने आयोगको तयारी

१० असार २०७९ काठमाडौं । प्रमुख निर्वाचन आयुक्त थपलिया दिनेश थपलियाले मंसिर १० गतेभित्र प्रदेश र संघीय संसदको निर्वाचन सक्ने गरी तयारी गरिरहेको बताउनु भएको छ ।

संसदको महिला तथा सामाजिक समितिको बैठकमा प्रमुख आयुक्त थपलियाले आयोगले निर्वाचनको तयारी गरिरहेको जानकारी दिँदै सांसदहरुलाई कम्तीमा ३३ प्रतिशत महिलाको उम्मेदवारी दर्ता हुनेगरी भूमिका खेल्न आग्रहसमेत गर्नुभयो ।

स्थानीय तह निर्वाचन ऐनले प्रमुख उपप्रमुखमा ५० प्रतिशत महिला सहभागिताको कुरा गरे पनि एक पदमा मात्र उम्मेद्‍वारी दिँदा जो भए पनि हुने व्यवस्था भएकाले स्थानीय चुनावमा ५० प्रतिशत महिला सहभागिता हुन नसकेको थपलियाले बताउनुभयो ।

थपलियाले अब समानुपातिक सहभागिताको विषयमा केही कानुनी र व्यवहारिक पक्ष मिलाउँदा संविधानको मर्मअनुसार नै हुने दाबी बताउनुभयो । उहाँले कुनै एक पदमा मात्रै उम्मेदवारी दिए महिलाको नै मनोनयन दर्ता गराउनु पर्ने व्यवस्था गरिनु पर्नेमा जोड दिनुभयो ।

निर्वाचन महँगो खर्चिलो र भड्किलो हुनु उम्मेदवारको नैतिकताको विषय रहेको भन्दै थपलियाले आयोगको आलोचना भइरहेकोमा आपत्ति जनाउनुभयो । आफैंले बनाएको नियम दलहरुले नमान्दा चुनाव भड्किलो बनेको उहाँको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *