Main News

संघ र प्रदेशसभा चुनावका लागि मतदाता नामावली संकलन शुरु गर्दै निर्वाचन आयोग

हिमालय टिभी
२०७९ असार १ गते ७:४८
संघ र प्रदेशसभा चुनावका लागि मतदाता नामावली संकलन शुरु गर्दै निर्वाचन आयोग

१ असार २०७९ काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मतदाता नामावली संकलन कार्य आज शुरु गर्दैछ ।

आजदेखि ७७ वटै जिल्लामा मतदाता नामावली संकलन कार्य शुरु हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

आजदेखि ७७ वटै निर्वाचन कार्यालय, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७३ इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन कार्य शुरु हुन लागेको हो ।

स्थानीय तह निर्वाचन वैशाख ३० गते गर्ने भनेर सरकारले गत माघ २४ गते मिति घोषणा गरेपछि माघ २५ गतेदेखि मतदाता नामावली संकलन स्थगित गरिएको थियो । स्थगित भएको उक्त काम आजबाट पुनः सुरु गर्न लागिएको हो ।

विभिन्न पेशा व्यवसाय तथा अध्ययनको सिलसिलामा आफ्नो स्थायी ठेगानाभन्दा अन्यत्र अस्थायी रुपमा बसोबास गरेकाहरुले पनि आफू बसेकै स्थानबाट मतदाता नामावलीमा आफ्नो नाम लेखाउन सक्ने छन् ।

यसैगरी मतदाता नामावली अध्यावधिकको काम पनि सबै निर्वाचन कार्यालयहरुबाट हुने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *