Main News

कात्तिक अन्तिम वा मंसिर पहिलो साता संघीय निर्वाचन

हिमालय टिभी
२०७९ जेठ १८ गते १६:५४
कात्तिक अन्तिम वा मंसिर पहिलो साता संघीय निर्वाचन

१८ जेठ २०७९ काठमाडौं । पाँच दलीय सत्तारुढ गठबन्धनले संसदीय निर्वाचनबारे छलफल थालेको छ ।

गठबन्धन सम्बद्ध दलका शीर्ष नेताहरुको छलफलमा कात्तिकको अन्तिम साता वा मंसिरको पहिलो सातामा संघीय निर्वाचनको मिति प्रस्ताव गरेको बताइएको छ ।

स्थानीय तह निर्वाचनको समीक्षा गर्न बसेका शीर्षनेताहरुले संघीय चुनावको प्रस्तावमा अनौपचारिक छलफल गरेको बताइएको छ ।

निर्वाचन आयोगसँगको परामर्शपछि गठबन्धनले मिति प्रस्ताव गर्ने कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभएको छ । सरकारले पनि संघीय निर्वाचनबारे परामर्श अघि बढाउने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *