Main News

आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस मनाइँदै

हिमालय टिभी
२०७९ जेठ १७ गते ९:०९
आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस मनाइँदै

१७ जेठ २०७९ काठमाडौं । ‘सुर्तीजन्य पदार्थ त्यागौँ, स्वास्थ्य र वातावरण जोगाऔँ’ भन्ने नाराका साथ आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस मनाइँदैछ ।

निकोटिनको लतबाट जोगाउन हरेक वर्ष मे ३१ का दिन विश्वभर सुर्तीजन्य पदार्थविरुद्धको दिवस मनाउने गरिन्छ ।

सन् १९८७ मा विश्व धुम्रपानरहित दिवस मनाउनको लागि सुर्तीजन्य महामारी र यसबाट निम्त्याउन सकिने मृत्यु र रोगप्रति विश्व स्वास्थ्य सङ्गठनका सदस्य देशहरूले विश्वको ध्यानाकर्षण गराएका थिए ।

सुर्तीजन्य पदार्थ सेवनकै कारण सन् २०३० सम्ममा एक करोड भन्दा धेरैको ज्यान जाने विश्व स्वास्थ्य सङ्गठनले अनुमान गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *