स्थानीय तह निर्वाचन : अब ४४ स्थानको नतिजा आउन बाँकी
८ जेठ २०७९ काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना आज नवौ दिन पनि जारी छ। अझै ४४ स्थानको अन्तिम परिणाम आउन बाँकी छ ।
पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेसले ३१३ स्थानमा जित हासिल गरेको छ भने उसले १९ स्थानमा अग्रता बनाएको छ । दोस्रो स्थानमा रहेको एमालेले १९० स्थानीय तहको प्रमुखमा जित हासिल गरेको छ। उसले १४ स्थानमा अग्रता लिएको छ।
यस्तै माओवादी केन्द्रले १२० स्थानमा जित हासिल गरेको छ भने २ स्थानीय तहमा अग्रता लिएको छ। २८ स्थानमा जित निकालेको जनता समाजवादी पार्टी ३ स्थानमा अगाडि छ। पाँचौं स्थानमा रहेको नेकपा एकीकृत समाजवादीले १७ स्थान जितेको छ। समाजवादीले २ स्थानमा अग्रता बनाएको छ ।
त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ११ स्थान जित्दा ४ स्थानमा अग्रता लिएको छ । अन्य र स्वतन्त्रका उम्मेदवारले ४० स्थान जित्दा ८ स्थानमा अग्रता लिएका छन् ।
प्रतिक्रिया