Main News

मधेस प्रदेश प्रदेशसभाको नवौँ अधिवेशन जेठ १९ गते

२०७९ जेठ ६ गते १२:२१
मधेस प्रदेश प्रदेशसभाको नवौँ अधिवेशन जेठ १९ गते

६ जेठ २०७९ जनकपुर । मधेस प्रदेशसभाको नवौँ अधिवेशन यही जेठ १९ गते बिहीबारका लागि आह्वान गर्ने निर्णय गरिएको छ ।

मधेस प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त अधिवेशन अगामी जेठ १९ गते बिहीबार दिउँसो १ बजे आहवान गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिनुभयो ।

प्रदेश प्रहरीका सम्बन्धमा सातै प्रदेशको आन्तरिक मामिला मन्त्रीहरूको बैठक आगामी असारको पहिलो साता जनकपुरधाममा बस्ने निर्णयसमेत भएको त्यस अवसरमा उहाँले बताउनुभयो । उक्त बैठकले मुख्यमन्त्री किसान उत्थान कार्यविधिसमेत स्वीकृत गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले कार्यविधि स्वीकृत गरेसँगै यसअन्तर्गत साना किसानहरूले वर्षेनी बैंकमार्फत रु १० सहयोग पाउने भएका छन् । उक्त सभाको आठौँ अधिवेशन गत २०७८ चैत २९ गते अन्त्य भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *