स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूराः निर्वाचन आयोग

२९ वैशाख २०७९ काठमाडौं । निर्वाचन आयोग नेपालले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ ।
आयोगले बिहीबार नियमित पत्रकार सम्मेलनमा देशभरका सबै मतदान केन्द्रमा निर्वाचनका लागि तयारी पूरा गरेको जनाएको हो । पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन २०७९ को सम्पूर्ण तयारी पूरा भइसकेको बताउनु भयो ।
उहाँले निर्वाचन हुने दिनभन्दा ४८ घण्टा अघिबाट मौनावधि शुरु हुने व्यवस्था बमोजिम वैशाख २७ गते मध्यराति १२ बजेपछि शुरु भएको मौनावधिमा निर्वाचन आचारसंहिता २०७८ को पालनामा आयोगले विशेष सजगता अपनाएको पनि जानकारी दिनुभयो ।
त्यस्तै आयोगले आचारसंहिता लागू भएयता हालसम्म आचारसंहिता उल्लंघनका घटनामा ६६ वटा स्पष्टीकरण सोधिएको छ भने ९ वटा सचेत, १ वटा ध्यानाकर्षण गराइएको पनि जानकारी दिनुभयो । उहाँले आचारसंहिता उल्लंघन गरेको भन्दै विभिन्न पार्टीका नेताहरुलाई पनि स्पष्टीकरण सोधेको बताउनु भयो ।
सहप्रवक्ता अर्यालले भन्नुभयो, ‘निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन २०७९ को सम्पूर्ण तयारी पूरा गरेको छ । निर्वाचन हुने दिनभन्दा ४८ घण्टा अघिबाट मौनावधि शुरु हुने व्यवस्था बमोजिम वैशाख २७ गते मध्यराति १२ बजेपछि शुरु भएको मौनावधिमा निर्वाचन आचारसंहिता २०७८ को पालनामा आयोगले विशेष सजगता अपनाएको छ ।
सहप्रवक्ता अर्यालले आयोगले ७७ जिल्लाका मुख्य अधिकृतको कार्यालय, ६७६ वटा निर्वाचन अधिकृतको कार्यालय, ७ वटा प्रदेश निर्वाचन कार्यालय र ७० वटा जिल्ला निर्वाचन कार्यालयलाई वैशाख ३० गते हुने निर्वाचनका लागि निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षा कार्यक्रम मतदाता शिक्षाको काम वैशाख ३० गते नगर्न अनुरोध गरेको बताउनुभयो ।
प्रतिक्रिया