Main News

स्थानीय तह निर्वाचनका लागि मौन अवधि शुरु

हिमालय टिभी
२०७९ वैशाख २८ गते ७:४३
स्थानीय तह निर्वाचनका लागि मौन अवधि शुरु

२८ वैशाख २०७९ काठमाडौं । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि गएराति १२ बजेदेखि मौन अवधि शुरु भएको छ ।

मौन अवधिभर निर्वाचन प्रचार–प्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा–सम्मेलन, कार्यशाला र गोष्ठी आदि गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ।

मतदान स्थलको ३ सय मिटर वरिपरि राखिएका दल वा उम्मेदवारका प्रचार सामग्री मौन अवधि शुरु हुनुभन्दा अघि नै हटाउनुपर्छ। कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार गर्न पाइँदैन।

अनलाइन, छापा, सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसार सामग्री पोस्ट शेयर गर्न वा गराउन नपाउने आयोगले जनाएको छ ।

यस्तै गए रातिदेखि ७२ घण्टासम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरिएको छ । निर्वाचन सुरक्षाका लागि गए रातिदेखि मतदान हुने दिनसम्मका लागि सीमाबाट हुने आवागमन बन्द गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *