Main News

स्थानीय तह निर्वाचनमा ३ सय ९० जना जनप्रतिनिधि निर्विरोध निर्वाचित

हिमालय टिभी
२०७९ वैशाख २५ गते ७:५८
स्थानीय तह निर्वाचनमा ३ सय ९० जना जनप्रतिनिधि निर्विरोध निर्वाचित

२५ वैशाख २०७९ काठमाडौं । स्थानीय तहको निर्वाचनमा ३ सय ९० जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् ।

एक लाख ४५ हजार १० जना उम्मेदवारको अन्तिम नामावलीमध्ये तीन जना गाउँपालिका अध्यक्षसहित ३ सय ९० जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका हुन् ।

गत वैशाख वैशाख ११ र १२ गते दुई दिन ७५३ पालिकामा परेको उम्मेदवारीमध्येबाट उनीहरु निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । सबैभन्दा धेरै १६४ जना दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

दोस्रोमा खुला वडा सदस्यतर्फ १०१ जना निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै ७१ जना महिला सदस्य र ४८ जना वडा अध्यक्ष निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित हुने सबैभन्दा धेरै नेकपा एमालेका छन् । एमालेबाट एक गाउँपालिका अध्यक्ष र २ उपाध्यक्षसहित १३८ जना निर्विरोध भएका छन् ।

दोस्रोमा नेपाली कांग्रेसबाट एक गाउँपालिका उपाध्यक्षसहित ११५ जना निर्विरोध भएका छन् । माओवादी केन्द्रबाट ३ जना वडा अध्यक्ष सहित ६० जना निर्विरोध भएका छन् । एकीकृत समाजवादीबाट २ अध्यक्षसहित ३५ जना निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै ३६ जना स्वतन्त्र उम्मेदवार पनि निर्विरोध निर्वाचित भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दुई जना खुला सदस्य निर्विरोध भएका छन् ।

जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबाट एकएक जना दलित महिला सदस्य निर्विरोध भएका छन् । राष्ट्रिय जनमुक्ति पार्टीबाट एक जना महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *