Main News

निर्वाचन खर्च बैंकबाट गर्ने निर्देशन कार्यान्वयनमा उम्मेदवारको उदासिनता (भिडियो रिपोर्टसहित)

२०७९ वैशाख २१ गते २१:०५
निर्वाचन खर्च बैंकबाट गर्ने निर्देशन कार्यान्वयनमा उम्मेदवारको उदासिनता (भिडियो रिपोर्टसहित)

२१ वैशाख २०७९ काठमाडौं । अबको दुई सातामा स्थानीय तहले ५ वर्षका लागि नयाँ जनप्रतिनिधि पाउने छन् । मतदानको मिति नजिकिएसँगै उम्मेदवारहरुले प्रचारप्रसारलाई तीब्र पारेका छन् । यो क्रममा आचारसंहिता उल्लंघनको घटना बढेको छ, सँगै उम्मेदवारहरुलाई खर्चका लागि आयोगले दिएको निर्देशनसमेत कार्यान्वयन भएको देखिँदैन ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारलाई बैंकमार्फत मात्र खर्च गर्न निर्देशन दिएको छ । निर्वाचन आयोग ऐन–२०६३, निर्वाचन (कसुर तथा सजाय ऐन) २०६३, तथा निर्वाचन आचारसंहिता ऐन–२०७८, अनुसार निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक तथा वित्तीय संस्थामा खाता खोली गर्नुपर्ने व्यवस्था रहेको आयोगले प्रष्ट पारेको छ ।

आयोगले उम्मेदवारहरुको खर्चलाई पारदर्शी बनाउन यो व्यवस्था गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुने सम्भावना न्यून देखिन्छ । सबै स्थानमा बैंकमार्फत कारोबार गर्न असम्भव रहेकाले आयोगको यो निर्देशन कार्यान्वयन हुने अवस्था छैन् ।

स्थानीय तहका उम्मेदवारहरुले गर्ने अधिकांश खर्च भोजभतेर, युवा तथा आमासमूहलाई सहयोग, जनशक्ति परिचालनका लागि इन्धन तथा सवारी साधन खरिदमा हुने गर्छ । ति सबै खर्च बैंक मार्फत गर्न उम्मेदवारहरुले झन्झटीलो मान्नुका साथै आयोगको खर्चको सीमाले गर्दा पनि असम्भवन देखिन्छ ।

आयोगले निर्वाचनलाई स्वच्छ, पारदर्शी र मितिव्ययी बनाउन निर्देशन मात्रै दिने भन्दा पनि त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने सुझाव छ । आयोगको निर्देशन र आचारसंहितालाई लत्याउने उम्मेदवारलाई कारबाहीको दायरामा ल्याउन नसक्दा दल र उम्मेदवारहरुमा हेपाह प्रवृत्ति मौलाउँदै गएको देखिन्छ ।

आचारसंहिता उल्लंघन गरेको प्रमाणित भएमा निर्वाचन हुँदै गर्दा उम्मेदवारी रद्द गर्ने समेत आयोगलाई अधिकार छ । आयोगले केबल सचेत गराउने र समान्य स्पष्टिकरण मात्र सोधेर उन्मुक्ती दिने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *