Main News

स्वतन्त्र उम्मेदवारलाई धम्की दिइएकोमा निर्वाचन आयोगको आपत्ति

हिमालय टिभी
२०७९ वैशाख १६ गते १८:४३
स्वतन्त्र उम्मेदवारलाई धम्की दिइएकोमा निर्वाचन आयोगको आपत्ति

१६ वैशाख २०७९ काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रमुख राजनीतिक दलका नेताहरूले स्वतन्त्र उम्मेदवारी दिँदा धम्की दिएको गोप्य सूचना आइरहेको बताउनुभएको छ ।

राष्ट्रिय तथा जिल्लास्तरका पर्यवेक्षकहरुका लागि अन्तर्क्रिया र अभिमूखीकरण कार्यक्रममा प्रमुख आयुक्त थपलियाले लोकतन्त्रमा चुन्ने र चुनिन पाउने अधिकारलाई कुनै पनि हालतमा कुण्ठित गर्न नमिल्ने स्पष्ट पार्नुभयो ।

प्रमुख आयुक्त थपलियाले संयमित भएर राजनीतिक दल र उम्मेदवारहरुले स्थानीय तह निर्वाचनलाई व्यवस्थित र पारदर्शी बनाउन सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रमुख आयुक्त थपलियाले यसवर्ष आचारसंहीता बनाउँदा पहिलोपटक सामाजिक सञ्जालको नियमन उठाएको र हालसम्मको अध्ययनले समाजिक सञ्जालबाट झनै विकृति सिर्जना भएको पाएको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *