Main News
निर्वाचन आयोगले आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दै
२०७९ वैशाख १६ गते ७:३९
१६ वैशाख २०७९ काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएकाहरुको अन्तिम नामवली आज प्रकाशन गर्दैछ ।
आयोगले दाबी, विरोध, उजुरीमाथि छानबिन गरी हिजो उम्मेदवारको नामावली प्रकाशन गरेको थियो ।
वैशाख ११ र १२ गते उम्मेदवारी दिएकाहरुले आज दिउँसोसम्म उम्मेदवारी फिर्ता लिन पाउने छन् । बागी उम्मेदवारी दिनेले पनि आज उम्मेदवारी फिर्ता लिन पाउनेछन् ।
आयोगले भोलि उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्दैछ । व्रशाख ३० गते ७५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि हुने निर्वाचनमा १ लाख ५३ हजार १४५ जनाले उम्मेदवारी दिएका छन् ।
प्रतिक्रिया