Main News

निर्वाचनको कारण देखाउँदै कोरियन भाषा परीक्षा स्थगित, नयाँ मिति अनिश्चित

हिमालय टिभी
२०७९ वैशाख १५ गते १२:४८
निर्वाचनको कारण देखाउँदै कोरियन भाषा परीक्षा स्थगित, नयाँ मिति अनिश्चित

१५ वैशाख २०७९ काठमाडौं । स्थानीय तहको निर्वाचनको कारण देखाउँदै कोरिया रोजगारीका लागि लिइने कोरियन भाषा परीक्षा स्थगित भएको छ ।

वैदेशिक रोजगार विभाग ईपीएस शाखाले एक सूचना जारी गर्दै यही वैशाख २६ गतेदेखि हुने भनिएको परीक्षा स्थगित भएको जनाएको छ । कोरोना महामारीका कारण भाषा परिक्षा २ वर्ष रोकिएको थियो ।

कोरियाले सन् २०२२ का लागि कृषि तथा पशुपालन क्षेत्रमा २ हजार ७ सय ४१ र उत्पादनमूलक क्षेत्रमा ६ हजार ९ सय १३ नेपाली लैजाने तयारी गरेको छ । ईपीएस अन्तर्गत अहिलेसम्म नेपालबाट ७७ हजार नेपाली कोरिया गइसकेको छन् ।

त्यसमध्ये ३५ हजार कोरियाका विभिन्न साना तथा मझौला उद्योगमा कार्यरत रहेका छन् । नेपालबाट सन् २०१९ मा ७ हजार १ सय ३६,सन् २०२० मा १ हजार २७ र सन २०२१ मा ८ सय ३ जना रोजगारीका लागि कोरिया गएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *