Main News

स्थानीय तह निर्वाचनका लागि एक लाख ५० हजारभन्दा बढीको उम्मेदवारी

हिमालय टिभी
२०७९ वैशाख १४ गते ९:१६
स्थानीय तह निर्वाचनका लागि एक लाख ५० हजारभन्दा बढीको उम्मेदवारी

१४ वैशाख २०७९ काठमाडौं । आउँदो ३० गतेका लागि तय भएको स्थानीय निर्वाचनका लागि एक लाख ५० हजारभन्दा धेरैले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन आयोगका अनुसार देशभरका महानगर, उपमहानगर, नगर र गाउँपालिकाका प्रमुख र उपप्रमुखसँगै वडाअध्यक्षदेखि सदस्यसम्म एक लाख ५० हजार ४ सय ७९ जनाले उम्मेद्वारी दर्ता गराएका हुन् । जसमध्ये देशभरबाट महानगर, उपमहानगर र नगरपालिका प्रमुखका लागि ३४ सय बढीले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै देशभर ३४ सय ६६ जनाले प्रमुख (मेयर) पदका लागि, २१ सय ३५ जनाले उपप्रमुख पदमा उम्मेदवारी दर्ता गराएका आयोगले जानकारी दिएको छ । यसैगरी गाउँपालिका अध्यक्षका लागि ३३ सय ७८ जनाले उम्मेदवारी दर्ता गर्दा उपाध्यक्ष पदमा २३ सय ९२ जनाको उम्मेदवारी दर्ता भएको छ ।

वडाध्यक्षका लागि ३४ हजार ९ सय ४२ जनाले, महिला सदस्यका लागि २६ हजार ६१ जना, दलित महिला सदस्यका लागि २३ हजार ४ सय ५६ जना र खुला सदस्यका लागि ५४ हजार ६ सय ४० जनाले उम्मेदवारी दर्ता गराएका आयोगले जानकारी दिएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सबै पदमा उम्मेदवारी दर्ता गराएका मध्ये ३८ प्रतिशत महिला रहेको बताउनुभयो । उम्मेदवारी दर्ता गराउनेमा राजनीतिक दलका भन्दा स्वातन्त्र उम्मेदवार धेरै छन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आयोगले आइतबार र सोमबार उम्मेदवारी दर्ताको लागि समय दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *