Main News

स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिने १ लाख ३६ हजार नाघे

हिमालय टिभी
२०७९ वैशाख १३ गते ९:३८
स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिने १ लाख ३६ हजार नाघे

१३ वैशाख २०७९ काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिनेहरूको सङ्ख्या १ लाख ३६ हजारभन्दा धेरै पुगेको छ ।

निर्वाचन आयोगमा आज बिहान अद्यावधिक भएको विवरण अनुसार १ लाख ३६ हजार २ सय ६९ जनाले मुलुकभरबाट विभिन्न पदमा उम्मेदवारी दिएका छन् ।

पछिल्लो विवरण अनुसार प्रमुखमा ३ हजार २ सय ६१, अध्यक्षमा ३ हजार २ सय ५४, उपप्रमुखमा २ हजार ३, उपाध्यक्षमा २ हजार २ सय ९२ जनाको उम्म्ेदवारी परेको छ ।

३२ हजार ५९ ले वडाअध्यक्षमा, २३ हजार ३ सय ७५ जनाले महिला सदस्यमा, २१ हजार १ सय १५ ले दलित महिला सदस्य र ४८ हजार ९ सय १० जनाले सदस्यमा उम्मेदवारी दर्ता गराएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रविधिमा देखिएको समस्याका कारण उम्मेदवारी हिजोसम्ममा दर्ता भए पनि आयोगको प्रणालीमा प्रविष्ट गर्ने र विवरण अद्यावधिकको काम आज पनि भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *