Main News

आज विश्व औलो दिवस, नेपालमा पनि मनाइँदै

हिमालय टिभी
२०७९ वैशाख १२ गते १०:००
आज विश्व औलो दिवस, नेपालमा पनि मनाइँदै

१२ वैशाख २०७९ काठमाडौं । आज विश्व औलो दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

‘औलोको भार कम गर्न नयाँपनमा जोड दिऔँ र जीवन बचाऔँ’ भन्ने नाराका साथ यस वर्षको औलो दिवस मनाउन लागिएको हो । विश्व स्वास्थ्य सङ्गठनले सन् २००८ मा २५ अप्रिललाई विश्व औलो दिवसका रूपमा मनाउने घोषणा गरे अनुरूप नेपाले पनि सोही दिन यो दिवस मनाउँदै आएको छ ।

नेपालले सन् २०२५ सम्म औलो निवारण गर्ने लक्ष्य लिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले विश्व औलो दिवसको अवसरमा हिजो आयोजना गरेको कार्यक्रममा सन् २०२२ सम्म नेपालमा औलोलाई शून्यमा झार्ने र सन् २०२५ सम्ममा औलो नियन्त्रण गर्ने लक्ष्य रहेको बताएको छ ।

महाशाखाका निर्देशक डा. चुमनलाले दासले औलो रोगबाट विशेष गरी गर्भवती महिला तथा पाँच वर्ष मुनिका बालबालिका बढी जोखिममा हुने भएकाले सतर्क रहन आग्रह गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *