Main News

जसपाको स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक

हिमालय टिभी
२०७९ वैशाख ११ गते १९:०८
जसपाको स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक

११ वैशाख २०७९ काठमाडौं । स्थानीय तह निर्वाचनका लागि जनता समाजवादी पार्टी (जसपा)ले घोषणापत्र सार्वजनिक गरेको छ ।

काठमाडौंमा कार्यक्रम गरी जसपाले सुशासन र पारदर्शितालाई स्थानीय तहमा स्थापित गराउने प्रतिवद्धता जनाएको छ । स्थानीय तहको सेवालाई अझ प्रभावकारी बनाउँदै यातायातको सुविधा नभएको ठाउँमा घर–घरमा टोली पठाएर सेवा पुर्‍याउने घोषणापत्रमा उल्लेख छ ।

करको दायरालाई बढाएर करको दरलाई भने घटाउने जनाइएको छ । त्यसैगरी जसपाको घोषणापत्रमा पालिकाको वरिपरि रिङ रोड निर्माण गर्ने, पालिका र वडा जोड्ने सडक निर्माण गर्ने उल्लेख गरिएको छ ।

घोषणापत्र सार्वजनिक कार्यक्रममा पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले स्थानीय तह निर्वाचनमार्फत् लोकतन्त्रलाई सही अर्थमा जनताको घर दैलोमा पुर्‍याउनु आफ्नो पार्टीको मुख्य उद्देश्य रहेको बताउनुभयो ।

कार्यक्रममा अध्यक्ष उपेन्द्र यादवले जसपाले जितेको पालिकामा कृषिमा आधारित ग्रामिण स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।

विकास निर्माणको काममा प्रदेश र संघीय सरकारसँग समन्वय गरेर मात्र गरिने जसपाले घोषणापत्रमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *