Main News

निर्वाचन हुन्छ की हुन्न भन्ने दोधारमा नरहनुस् : अध्यक्ष प्रचण्ड

२०७९ वैशाख ८ गते ११:०८
निर्वाचन हुन्छ की हुन्न भन्ने दोधारमा नरहनुस् : अध्यक्ष प्रचण्ड

८ वैशाख २०७९ गोदावरी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ ।

प्रेस सेन्टर कैलालीले आज धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले निर्वाचनलाई अभियानका रूपमा लिई लोकतन्त्रलाई सुदृढ गर्ने अवसरको जनताले राम्रोसँग सदुपयोग गर्र्नुपर्ने बताउनुभयो ।

कतिपय व्यक्तिले गठबन्धनले निर्वाचन सार्छ भन्ने हल्ला चलाएको प्रसङ्ग उल्लेख गर्दै उहाँले भन्नुभयो, “हिजो मात्रै देशभरिका सबै महानगरपालिका र उपमहानगरपालिकामा सहमतिको टुङ्गो लागिसकेको छ ।”

निर्वाचन हुन्छ की हुन्न भन्ने दोधारमा नरहन उहाँले सबैलाई आग्रह गर्नुभयो । “अब केही दोधार छैन होला ? वैशाख ३० गते नै स्थानीय तहको निर्वाचन हुन्छ”, अध्यक्ष दाहालले भन्नुभयो ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउने र व्यापक जनसहभागिता सुनिच्छित गर्ने उल्लेख गर्दै उहाँले लोकतन्त्रको अभ्यासलाई नयाँ स्तरमा उठाउने आवश्यकता रहेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *